punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जुवा खेल्न नमान्दा निर्घात कुटपिट

Chaupati
safha napa

बैतडीको डिलाशैनीका एक व्यक्ति माथि निर्घात कुटपिट भएको छ । डिलाशैनी १ का ५७ वर्षीय अकबर रानामाथी स्थानीय व्यापारी महावीर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले बताउनुभयो । रानालाई घरबाट जबरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरिएको उनले बताए ।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ । अहिले दुवै पक्ष बीच छलफल भइरहेको छ ।


२२ असोज २०७८, शुक्रवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु