punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

Chaupati
safha napa

नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेको छन्।

गठबन्धन सरकारका शीर्ष नेताहरूको मुलमन्त्र :

यही नै हो यात्रा, बुद्धि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक।

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ

तस्कर होऊन या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी

देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो।

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन्। आजै ४ बजे मन्त्रीहरुको सपथ गराउन कार्यक्रम तय भएको छ।


२२ असोज २०७८, शुक्रवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु