punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५०मा कारोबार भएको छ जुन बिहीबार प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।

 


२२ असोज २०७८, शुक्रवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु