सडक कुर्दै व्याँस
व्याँस गाउँपालिका–१ तिङ्करका दानसिह तिंकरी नेपालले व्यासँको तिंकरसम्मा मात्रै सडक पुर्याउने हो भने यो क्षेत्रको विकासले कायापलट हुने बताउछन् ।चीनले पिलर नजिकै सडक पुर्याइसक्यो, नेपालले पनि यो क्षेत्रसम्म सडक पहुँच मात्रै हुने हो यो क्षेत्र अन्तर्राष्ट्रिय व्यापार नाका बन्छ ।
भारतले सीतापूलको छेउ भएर सडक लिपुलेकतर्फ बढाएको छ । माथिबाट चीनले लिपुलेक हुँदै पिलर नजिकै पुर्याएको छ । तर हाम्रो नेपालको सडक व्यासको सुनसेरासम्म मात्रै छ । सरकारले यो क्षेत्रको लागि अरु केहि नगरोस् सडक मात्रै चाडो पुर्याउन सक्यो भने यो नाका जति सुदूरपश्चिमको कुनै नाका चम्कीदैन्, तिंकरीले भने ।
पर्यटनको लागि भर्जिन क्षेत्र हो व्यास । व्यास ऋषिले तपस्या गरेको स्थान तिंकरमै छ । तिंकर गाउँबाट २० मिनेट उकालो चढ्ने वित्तिकै व्यास ऋषिको तपस्या गरेको गुफा छ । कैलाश दर्शनको लागि यही उत्तम बाटो हो । धार्मिक पर्यटकहरु यतिकै यो क्षेत्रमा आएर रमाउन सक्ने प्रशस्त ठाउँछन्, । तर सडक व्याँसमा पुग्नु चाही अनिवार्य हो ।
कञ्चनपुरको ब्रहमदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिंकर जोड्ने गरी निर्माण सुरु गरिएको महाकाली लोकमार्ग दार्चुला तिंकर सडकमा अहिलेसम्म १६० किलोमिटर मात्रै सडकको ट्रयाक खुलेको छ । कुल ४२५ किलोमिटर सडक मध्ये ८७ किलोमिटर सडकको ट्रयाक खुलाउने जिम्मा नेपाली सेनाले पाएको छ ।
नेपाली सेनाले व्यास २ कोठेधारदेखि तिंकरसम्म सडक निर्माणगर्नुपर्ने छ । सामरिक महत्व बोकेको यो सडकलाई नेपाली सेनाले समयमै ट्रयाक खुलाउन सक्यो भने व्यासको भविष्य सुन्दर हुँदै जाने उनको बुझाई छ ।यो क्षेत्रमा ओम पर्वत हिमाल यही पर्छ । ओम पर्वतको दर्शनको लागि पनि पर्यटकहरु धेरै आउन सक्छन् ।
अहिले भारतले ओम पर्वतलाई पनि आफ्नै दाबी गर्दै आएको छ, तर योओमपर्वत हिमाल हाम्रो हो, व्यास गाउँपालिका १ का वडा अध्यक्ष अशोकसिह बोहराले भने, यो भूमिमा कुनै विवाद छैन् ।
यो क्षेत्रमा फल्ने अगानिर्क स्याउँ, यार्सागुम्बा, पाँचऔले, फापर, कोदो, उवा, आलु जस्ता चिजबस्तु सहजै बजारसम्म पुर्याउन सकियो भने यो क्षेत्र उस्तै चिनिन्छ । छांगरु र बुदीमा अहिले व्यवसायिक रुपमा स्याउ खेती सुरु भएको छ । स्याउ ढुवानीको लागि सडक आवश्यक रहेको व्यासी बताउँछन् ।
२२ असोज २०७८, शुक्रवार १३:४४ बजे प्रकाशित






























