punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली शुरु

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ ।बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र बिष्टले मेट्रिक विधीबाट घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गरेका हुन् ।

‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले आजदेखि घरको नम्बर हाल्न शुरु गरेका छौँ, उनले भने, ‘यो विधिबाट सबै वडाहरुमा सडक र घर नम्बरिङ्ग गछौँ ।’नगरको एकिकृत दीगो विकास र सम्बृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउदै नगर प्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताए । आईडिसीका लिम लिडर थम्बराज श्रेष्ठले हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए ।

‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाईदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मुल सडकदेखि मिटरका हिसाबले घरमा नम्बीरङ्ग गरिने उनले बताए । सेवा सुविधा लगायत सुझाव संकलन एव अन्य विवित क्षेत्रका कामकाज सहजताका लागि सुविधा हुने उनले बताए ।

 


२१ असोज २०७८, बिहीवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु