फेला पारेको मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाइयो

इलाका प्रहरी कार्यालय चिसापानीले हराएको मोबाइल फेला पारि सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका –९ कुशलपटुवा बस्ने लक्ष्मी कुमारी थापाको मोबाइल काम विशेषले चिसापानी आएको अवस्थामा आइतबार प्रयोग गर्दै आएको एन्ड्रोइड मोबाइल हराएको थियो ।

थापाले हराएको मोबाइल खोजतलास गरी दिन इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएकी थिइन् ।

आफूहरू लाइृ जानकारी आए पश्चात् कार्यालयमा जडान गरिएको सिसिटिभी फुटेज र प्राविधिक रूपमा अनुसन्धान गरी उक्त मोबाइल चिसापानी बजारमा नै फेला पारेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताए । फेला पारेको मोबाइल उनका श्रीमान् केशव बडूवाललाई बुझाइएको उनले बताए ।


१८ असोज २०७८, सोमवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु