अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक २५ गतेदेखि प्रतियोगिता आयोजना हुने जानकारी दिईएको छ । प्रतियोगितामा १६ टीमको सहभागीता रहने भएको छ ।प्रतियोगितामा क्लब तथा क्रिकेट एकेडेमीले सहभागीता जनाउन सक्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए ।
उनका अनुसार स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्का धनगढी क्रिकेट एकेडेमीका संस्थापक प्रशिक्षक रहेका थिए भने सुदुरपश्चिमको क्रिकेट विकासमा उनको भुमिका महत्वपुर्ण रहेको थियो ।लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको छ । हालसम्म १० वटा टीमको टुङगो लागिसकेको छ ।
प्रतियोगितालाई सफल पार्न सुदुरपश्चिम क्रिकेट संघ र कैलाली जिल्ला क्रिकेट संघले सहयोग गर्ने प्रतिबबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा क्रिकेट संघ सुदुरपश्चिमका अध्यक्ष हरि रेग्मी र कैलाली जिल्ला सचिव देवनारायण झाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने बताएका छन् ।
१८ असोज २०७८, सोमवार १७:२९ बजे प्रकाशित













