punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी अस्पतालमा दैनिक स्क्रब टाइफसका बिरामी फेला

Chaupati
safha napa

जिल्ला अस्पताल बैतडीमा दैनिक रुपमा स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको अस्पतालमा सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।

उनले भने, ‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको छ।’पछिल्लो समय दिन प्रतिदिन यहाँ स्क्रब टाइफसका बिरामी देखिन थालेपछि संक्रमणको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए। अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा क्रब टाइफसको परीक्षण गरिरहेका छ।

‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ‚’ उनले भने, ‘दैनिक रुपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ। यसबाट बच्न जरुरी छ।’ जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ। गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण देखिसकेको छ।

‘वर्षा यामको सुरुबाटै बिरामीको संख्या बढेको छ,’ उनले भने‚ ‘साउनदेखि हालसम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ।’जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ।

त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए।वर्षातमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए।

स्क्रब टाइफसको लक्षण

नेपाल सरकारले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखिन थालेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेकोले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ।

स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो। स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिले काहीँ बहुअंग विकार ९मल्टी अर्गन डिल्फसन०को अवस्था पनि सिर्जना हुन सक्ने छ।

कसरी बच्ने ?

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्नु पर्छ।

यस्तै‚ घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने हुन्छ।


१६ असोज २०७८, शनिवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु