punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ च्याम्पियनसिप : मनिषको गोलमा नेपालको ऐतिहासिक जित

Chaupati
safha napa

शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् ।

यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन र एउटा मौका गुमेको थियो । मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।

खेलको २३ औं मिनेटमा नवयुग श्रेष्ठले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए ।

माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन । यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

अब नेपालले दोस्रो खेलमा सोमवार श्रीलंकाको सामना गर्नेछ। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।


१६ असोज २०७८, शनिवार ०५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु