अछाममा एक गर्भवति महिलाको मृत्यु

उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि पुर्णकला बिकको मृत्यु भएको हो।

बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिइन्।

रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको लम्सालले बताइन्। रासस


१६ असोज २०७८, शनिवार ०९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु