सेती अस्पतालमा २२ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २२ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १८३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् ।यस्तै अस्पतालमा हाल ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
१४ असोज २०७८, बिहीवार १३:५८ बजे प्रकाशित













