कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय कैलालीले चेक अनादर मुद्दाका फरार प्रतिवादी पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुँहा नगरपालिका–३ बस्ने ३८ वर्षीय गंगा बहादुर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतको विसं २०७७ भाद्र २६ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी तिरुवालाई ६ महिना कैद सजायको फैसला गरेको थियो ।
इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले तिरुवालाई चिसापानी बजारबाट बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
१३ असोज २०७८, बुधवार १८:३३ बजे प्रकाशित































