बझाङमा नदी किनारामा महिलाको शव फेला
बझाङमा नदी किनारामा एक महिलाको शव फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीको पानकोट पुल मुनी बुधबार महिलाको शव फेला परेको हो ।
अन्दाजी २५ बर्षकी जस्तो देखिने ति महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।ती महिलाको शव पानकोट पुल मुनीको ग्याविन जालीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए ।
महिलाको शव चिनिने अवस्थामा नभएको उनले बताए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
१३ असोज २०७८, बुधवार १५:१५ बजे प्रकाशित






























