punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओबादी केन्द्रले असोज १५ भित्रै निर्वाचन समिति गठन गर्ने

Chaupati
safha napa

नेकपा माओबादी केन्द्रले यही असोज १५ गते भित्रै देशभरका सम्पूर्ण वडा र पालिकास्तरमा निर्वाचन समिति गठन गरिसक्ने जनाएको छ । माओबादी केन्द्रले पहिलो पठक गठन गरेको निर्वाचन आयोगले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समिति गठन गर्ने कार्य तीब्र पारिएको जनाएको हो ।

आयोगका केन्द्रीय अध्यक्ष विष्णुपुकार श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन पार्टीले पहिलो पटक स्वतन्त्र र स्वायत्त आयोग गठन गरिएको बताए । उनले आयोगले देशभरबाट खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजार भन्दा बढी व्यक्तिहरु निर्वाचित हुने बताए ।

अध्यक्ष श्रेष्ठले अहिले देशभरी नै समितिहरु निर्माण र निर्वाचन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अब वडादेखि केन्द्रसम्म आन्तरिक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिने उल्लेख गरे ।

‘पार्टी विधनमा भएको व्यवस्था अनुसार करिब दुई हप्ता अघि निर्वाचन आयोग गठन गरेको व्यहोरा यहाँहरुलाई थाहा छदैछ’, श्रेष्ठले भने, ‘पार्टीले आयोगलाई पूर्णता दिएपछि पूर्ण बैठक बसेर हामीले कार्य सम्पादन नियमावली, निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता २०७८ पारित गरिसकेका छौँ ।

आसन्न निर्वाचनलाई मध्यनजर गरेर १५ गतेसम्म सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेश स्तीयर निर्वाचन समिति गठन गरिसक्छौँ ।’प्रदेश नम्बर १, बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

पार्टीकै निर्वाचन सम्पन्न गर्न करिब ४० हजार स्वयंम सेवक परिचालन गरिने समेत बताइएको छ । पार्टी इतिहासमै माओवादी केन्द्रले स्वतन्त्र र स्वायत आयोग गठन गरेर पहिलो पटक आन्तरिक निर्वाचन सम्पन्न गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै तहमा ३५ प्रतिशत महिला,२० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको अनिवार्य सहभागिता गराइने व्यवस्था गरिएको जानकारी दिए ।


११ असोज २०७८, सोमवार १९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु