सुदूरपश्चिमका ४० जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ३५० नमुना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार एक हजार १५६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १६ जनामा संक्रमण देखिएको हो । भने एक हजार १४० जनाको नतिजा नेगेटिभ देखाएको हो ।
यस्तै १९४ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
११ असोज २०७८, सोमवार १८:१८ बजे प्रकाशित













