punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधवार सार्वजनिक विदा

Chaupati
safha napa

हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा बुधवार प्रदेश २ सरकारले महिलाको लागि सार्वजनिक विदा दिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार एक शुभकामना सन्देश जारी गर्दै १३ असोज बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन्।

मधेशका महिलाहरूको निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् ।मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरी नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।उनले सबै प्रदेशवासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन्।


११ असोज २०७८, सोमवार १७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु