punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत बझाङको शुर्मा–४ का ७७ वर्षीय पुरुष र शुर्मा–२ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले प्रेस नोट जारी गर्दै दुई संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

अस्पतालको प्रयोगशालामा सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६२ जनाको नमूनाको परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १२६ नमूना नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये चार जनाको आइसीयु र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 


४ असोज २०७८, सोमवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु