punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजेट पारित नभएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। अपराह्न ४ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सिंहदरबारमा सुरु भएको छ।

बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक संसद्७शधलवसबाट तत्काल पारित नहुने अवस्था आएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

विधेयक संसद्‌बाट तत्काल पारित नहुने देखिएपछि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा पुगेको छ।

संसद्‌मा विधेयक पेस भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।


२९ भदौ २०७८, मंगलवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु