प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते
प्रतिनिधि सभाको मंगलबारको बैठक करिब १३ मिनेट बसेर सकिएको छ। अर्को बैठक असोज असोज ४ गते सोमबार बिहान ११ बजेका लागि तोकिएको छ।
आजको बैठकलाई पनि एमालेले अवरोध गरेका थियो। औपचारिक रुपमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेर्न पुगेका थिए। तर, सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
शर्माले प्रस्ताव प्रस्तुत गरेसँगै त्यसमाथि छलफल सुरु भएको थियो। शर्माले जवाफ दिएपछि त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।
२९ भदौ २०७८, मंगलवार १३:३२ बजे प्रकाशित






























