एमाले परित्याग गर्ने भीम रावलको संकेत, यसरी पोखे विलौना
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्याग गर्ने संकेत गरेका छन् ।
उनले ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूमाथि भएको व्यवहारलाई लिएर पार्टी परित्याग गर्ने संकेत गरेका हुन् ।
उनले बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् ।
उनले भनेका छन्, घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ । भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’
१३ वैशाख २०८१, बिहीवार १६:३३ बजे प्रकाशित













