Hotel Flora Long Ad

सम्पादक कुँवर र खड्काको बोक्सी प्रथा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’ विमोचन

धनगढीबाट प्रकाशित हुने मर्निङ बेल दैनिकका सम्पादक लोग्शरी कुँवर र सञ्जय खड्काद्वारा लिखित बोक्सी प्रथा केन्द्रित ‘शल्यक्रिया’ पुस्तक विमोचन गरिएको छ ।

सोमबार एक समारोहकाबीच काठमाडौंमा पुस्तक विमोचन गरिएको हो । १ सय ६७ पृष्ठ लामो पुस्तक ‘शल्यक्रिया’मा अनुसन्धानात्मकता र कुरुतीविरुद्धको सकारात्मक पक्ष समेटिएको छ ।

बिमोचन कार्यक्रममा सांसद निरुदेवी पाल, वरिष्ठ अधिकारकर्मी तथा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, अधिवक्ता शशि बस्नेत, लेखक तथा सामाजिक अभियन्ता राधा पौडेल,
लेखिका बिमला तुम्खेवा, लेखक तथा पत्रकार अमृता लम्साल, अधिकारकर्मी कला राईलगायतले पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।

वक्ताहरुले पुस्तकले समाजमा भएका कुरीति, कुप्रथाहरूलाई छर्लङ्ग पारेको र यसले अनुसन्धानात्मकता र कुरुतीविरुद्धको सकारात्मक पक्ष समेटेकाले समाजलाई परिवर्तन गर्न सघाउ पुराउनेसमेत बताएका थिए ।

कार्यक्रममा बोल्दै शल्यक्रिया पुस्तककी लेखिका लोग्शरीले पुस्तक लेखनमा धेरैजनाको सहयोग रहेको जानकारी गराइन् । उनले आफूले समेत बोक्सी आरोपको प्रहार भोगेले ‘म पनि बोक्सी’ भन्ने पुनः अर्को पुस्तक लेख्ने विचार व्यक्त गरिन् । साथै, उनले शल्यक्रियामार्फत अन्धविश्वासविरुद्धलाई दस्ताबेज गर्न खोजेको बताइन् ।


२८ भदौ २०७८, सोमवार २०:१२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु