नेपाली सेनामा भर्ना खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाले आज सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका ३१९ पदमा दरखास्त माग गरेको हो ।

त्यस्तै, नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

आवेदन जेठ १२ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने मिति तोकिएको छ ।


१४ वैशाख २०८१, शुक्रवार ०९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु