मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको जनाएको छ । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।


२९ भदौ २०७८, मंगलवार ०८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु