punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने

Chaupati
safha napa

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) दिनको १ बजे बस्ने भएको छ।शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।

प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार)२ पटक १५–१५ मिनेटका लागि स्थगित भएको बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेस गरेका छन्।

शुक्रबार बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका थिए।

१५ मिनेट स्थगित भएपछि पुनस् सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए। एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री सापकोटाले बजेट सम्बन्धी अध्यादेशहरु स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

अर्थमन्त्रीले बजेटसम्बन्धी अध्यादेश पेस गरेपछि सभामुख सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका थिए।१५ मिनेटका लागि स्थगित गरिए पनि आधा घण्टा भन्दापनि ढिलो सुरु भएको शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेका हुन्।

बजेट अध्यादेश पेस भएपछि सभामुख सापकोटाले संविधान सभाका सदस्यहरु महेन्द्र शेरचन र जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधनमा शोक प्रस्ताव पेस गरेका थिए। शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले अर्को बैठक जेठ २७ गते (आइतबार) दिनको १ बजे बस्ने घोषणा गरे।


२५ भदौ २०७८, शुक्रवार १७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु