punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एकैदिन ३ जना मृत फेला

Chaupati
safha napa

सुदूरपश्चिमका छुट्टाछुट्टै जिल्लामा ३ जना मृत फेला परेका छन्। कैलाली, दार्चुला र अछाममा एक र एक जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने ३१ वर्षीय सन्तोष थापा घरबाट करिब ५० मिटर टाढा सडकको नालामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त नालीमा उनको शव फेला परेको हो।

यस्तै दार्चुला, मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेका छन्। घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त घरमा उनको शव फेला परेको हो।

यस्तै अछामको मंगलसेन नगरपालिका–६ सिस्नेणी बस्ने ७० वर्षीया दुरा भण्डारी मृत फेला परेकी छिन्। सोही नगरपालिकाको ठुलासेनस्थित पाना भण्डारीको पसलको कोठामा सुतेकोमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।


२४ भदौ २०७८, बिहीवार १९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु