punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४४ औँ प्रधानसेनापति शर्माको शपथ ग्रहण आज

Chaupati
safha napa

नेपालको ४४ औं प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्।नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले शीलतनिवासमा विहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने छन्। उनी २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् । उनले पूर्व प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका छन् ।

शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।शर्माका सामु कोभिड–१९ को कारण अवरुद्ध सैनिक कूटनीति र तालिमहरूलाई पनि निरन्तरता दिनुपर्ने चुनौती छन्।


२४ भदौ २०७८, बिहीवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु