punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले पुगाएको क्षतिका बारेमा मन्त्री जोशी समक्ष ज्ञापनपत्र

Chaupati
safha napa

कैलालीको पहिरो तथा बर्षाले चुरे क्षेत्रमा पुगाएको क्षतिका बारेमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीलाई ध्यानकर्षण गराएको छ ।

जिल्लाको चुरे गाउपालिका वडा नं ५ गोपाले, काफलगैरा, माल, निङ्लाडी लगायत विभिन्न गाउँहरुमा भएको क्षतिको बारेमा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी को ध्यानाकर्षण गराइएको हो ।

चुरे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर तामाङ सहितको टोलीले मन्त्रीलाई क्षतिको बारेमा जानकारी गराइएको हो ।

घटनालाई मन्त्रीले गम्भिर रुपमा लिएको र राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको टोलीमा सहभागी युवा नेता लोकेन्द्र धामीले बताए । बर्षा पछिको पहिरोमा परी स्थानीयहरुका घर, गाईबस्तु, खेतबारी मा क्षति पुगाएको छ ।


२३ भदौ २०७८, बुधवार १९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु