punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहजिल्लामा देखिएको विवाद समाधान गर्न देउवालाई निधिको पत्र

Chaupati
safha napa

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफ्नो गृहजिल्ला डडेल्धुरामा देखिएको विवाद समाधान गर्न आग्रह गरेका छन्।

उनले बुधबार सभापति देउवालाई पत्र पठाउँदै डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गरेरमात्रै अधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।

डडेल्धुरामा क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको भन्दै उनले भनेका छन्, ‘गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यसम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु।’

डडेल्धुराबाट प्रक्रिया पुर्याएर सिफारिस गरिएको नामावलीमा केही नामहरु हटाएर सोझै अर्को नामावली थप गरेको भन्दै जिल्ला कार्यसमितिले गाउँपालिका÷नगरपालिका वडा अधिवेशन यथावस्थामा आयोजना गर्न नसकिने निर्णय गरेको छ।

तर, केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि खटाएका निर्वाचन अधिकृत लोकेन्द्र बलमे भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकेका छन्।
 

No description available.

२३ भदौ २०७८, बुधवार १८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु