Alok

सेती अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु, १५ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका –१६ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई भदौ २० गते देखी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलवार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रयोगशाला परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा १ सय १६ जनाको नमुना संकलन गरी परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै १सय १ जनाको रिपोट नेगेटिभ आएको छ । हाल अस्पतालमा १७ जना बिरामी उपचाररत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना बिरामी निको भई घर फर्किएकोमा थप २ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् । अस्पतालको आइसियुमा ६ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको अस्पतालले जनाएको छ ।


२२ भदौ २०७८, मंगलवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु