punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एसतिर नलाग्ने भन्दै सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने भएका छन् ।नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजिनामा दिन लागेका हुन् ।

राज्यमन्त्री गहतराजले पनि एमालेमा रहेने भन्दै मुख्यमन्त्रीलाई राजीनामा दिन लागेकी बताइएको छ ।‘राजीनामाको अन्तिम तयारी भइरहेको छ’, अर्थ मन्त्रीनिकट स्रोतले भन्यो, ‘साँझ ५ बजे सम्म राजीनामा दिनुहुन्छ ।’

विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।

२५ प्रदेशसभा सदस्य रहेको एमालेबाट समाजवादीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । अहिले नेकपा समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले इतरका दलहरूले सरकार संचालन गर्ने तयारी गरेपछि शाह र गहतराजले राजीनामा दिन लागेका हुन् ।


२२ भदौ २०७८, मंगलवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु