वाईसीएल संयोजकमा सुमन देवकोटा चयन
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन अयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए ।
त्यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीलाई दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए। यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।
वलीले देवकोटाको संयोजकत्वमा तेस्रो सम्मेलन आयोजक समिति बनाएको र अन्य पधिदाकारी नबनाइएको बताए ।यसअघिको राष्ट्रिय सम्मेलनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो। अब देवकोटा नेतृत्वको यो समितिले वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।
२२ भदौ २०७८, मंगलवार १५:१३ बजे प्रकाशित






























