punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले पाटन-पञ्चेश्वर सडक अवरुद्ध

Chaupati
safha napa

अविरल वर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएको छ। उक्त सडकखण्डको पाटन नगरपालिका–६ चानपुरमा सोमबार राति सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम, डडेल्धुरा, धनगढी, महेन्द्रनगरका लागि छुटेका तथा तल्लोस्वराड भित्रिने सवारी साधन बीच बाटोमै रोकिएका छन्। यसका साथै आकस्मिक उपचारका लागि अस्पताल जान लागेका बिरामी र अन्य यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन्।

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहे पनि ठूलो पहिरो खसेकाले समस्या भएको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिए।


२२ भदौ २०७८, मंगलवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु