punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीका रिट फेरि प्रधानन्यायाधीशकै बेन्चमा

Chaupati
safha napa

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको पेसी पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ।

यसअघि आइतबार पनि प्रधानन्यायाधीश राणाकै इजलासमा तोकिएको थियो। तर त्यो दिन ‘हेर्न नभ्याइएको’ भन्दै सुनुवाइ हुनसकेको थिएन।राणाको इजलासमा मंगलबार १० वटा रिट छन्।

ओलीका तीनवटा रिट अन्तिममा राखिएको छ।नयाँ दल दर्ताविरुद्ध ओलीले वारेसनामामार्फत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए।

रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न पत्राचार गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।

रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो।यसअघि शुक्रबार यो मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो। शुक्रबार बेन्च बस्न नभ्याएकाले सुनुवाइ भएको थिएन।


२२ भदौ २०७८, मंगलवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु