punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तालिबानद्वारा पन्जशिर उपत्यकामा कब्जा

Chaupati
safha napa

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यका कब्जामा दिएको दाबी गरेको छ। अफगानिस्तानको यो इलाकामा तालिबानले अहिलेसम्म कब्जा जमाउन सकेको थिएन।

तालिबानले सोमबार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको थियो। जसमा पन्जशिर उपत्यकामा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ।

तर, तालिबानको प्रतिरोध गरिरहेको समूहले भने उक्त दाबी सत्य नभएको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान ९एनआरएफ० का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए।

आफूहरू सबै रणनीतिक स्थानहरूमाु उपस्थित रहेको बताउँदै एनआरएपले तालिबानसँग लडाइँ जारी राख्ने जनाएको छ।

उता तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा तालबानले एनआरएफसँग वार्ताको माध्यमबाट यो समस्या समाधान गर्न खोजिएको भए पनि वार्ता सम्भव नहुँदा युद्ध गर्नु परेको बताएका छन्।

तालिबानले तीन हप्ताअघि राजधानी काबुलमा अगस्ट १५ तारिखमा कब्जा जमाएको थियो। तालिबान प्रवक्ता मुजाहिदले पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले देश छोडेर ताजिकिस्तान भागेको समेत दाबी गरेको छ। तर, यसको पुष्टि भने हुन सकेको छैन।

पन्जिशिरमा बिजुली, इन्टरनेल र फोटको लाइन काटिएको थियो। तालिबानले आजबाट ती सबै लाइन जोडिने बताएको छ। बीबीसी


२२ भदौ २०७८, मंगलवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु