कैलालीका ३२ जना स्थानीय जनप्रतिनिधीले रोजे नेकपा (एस)
नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका स्थानीय तहका ३२ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । आइतबार मात्रै १७ जना जनप्रतिनिधीले एमाले छोड्दै नेकपा (एस) मा सनाखत गरेका छन् ।
गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतलगायतकाले सनाखत गरेको एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए। यस्तै गोदावरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष कर्णसिंह बोहरा, गौरीगंगा नगरपालिका वडा नं २ का वडाध्यक्ष जनक साउँद, जिल्ला समन्वय समिति सदस्य ललित साउँद, महोन्याल ५ का वडाध्यक्ष टेकेन्द्र बोगटी, टिकापुर नगरपालिका वडा न १ का वडाध्यक्ष गंगाराम आर्चाय, कार्यकारी सदस्य सोभा नागर्जीलगायतकाले सनाखत गरेका हुन् ।
जिल्ला समन्वय उप्रमुख शुन्दरी देवी चौधरीसहित तीन जना सदस्य, महोन्याल गापाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित १५ जना जनप्रतिनिधीले यसअघि नै जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गरिसकेका छन् ।
नयाँ पार्टीमा आउन चाहने बाँकी जनप्रतिनिधीहरुले २१ र २२ गते हस्ताक्षर गर्ने नेकपा (एस)का नेता जोशीले जानकारी दिए ।
२० भदौ २०७८, आइतवार १९:१२ बजे प्रकाशित






























