punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य सुरु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन थालिएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट पूर्ण रूपमा सञ्चालन आउन अझै एक महिना लाग्ने भएको हो । संघिय सरकारको सहयोगमा सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु भएको हो ।

कोरोनाको दोस्रो लहरको समयमा अक्सिजन नपाएर कतिपय कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।सोही समस्या आउन नदिन सेती प्रादेशिक अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ, कतिपय सामाग्रीहरू आइपुगेका छैनन् प्लान्ट सञ्चालनमा आउन अझै एक महिना सम्म लाग्ने छ ।’यो प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजनको अभावमा कुनै पनि संक्रमित व्यक्तिले ज्यान गुमाउन नपर्ने उनको भनाई छ ।


२० भदौ २०७८, आइतवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु