परीक्षाको तयारीमा करिश्मा
अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षा तयारीमा लागेकी छिन् । फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी उनि केहि दिन यता परीक्षा तयारीमा बसेको बताएकी छिन् ।
उनी अहिले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारीमा छिन् । परीक्षा नजिकिएपछि अहिले करिश्माले व्यापारको जिम्मा छोरी कवितालाई दिएकी छिन् ।
फिल्म र घरको जिम्मा पति विनोदले हेर्छन् । ‘अब फोन अफ गरेरै भएपनि एक्जामको तयारीमा जुट्न सुरु गर्छु’ उनले भनिन्, ‘अब बल्ल घोटिएर पढ्नुपर्नेछ । दशैंपछि मात्र व्यापार र फिल्मलाई समय दिन पाउँछु।’
कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि हुने भएपछि उनी तयारीमा व्यस्त भएकी हुन् ।
१९ भदौ २०७८, शनिवार १७:५१ बजे प्रकाशित































