punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनहरा नदीमा डुवेर २ बालकको मृत्यु

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको मनहरा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

नदीमा डुबेर मृत्यु हुनेमा स्थानिय पुस्कर थापाका १० बर्षीय छोरा योगेन्द्र थापा र सोही ठाउँका हेम थापाका छोरा १४ बर्षीय छोरा अयुग थापा रहेका छन ।

उनीहरुको शुक्रबार दिउँसो मनहरा नदीमा नुहाउन गएको बेला डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानियले खोजी गर्दा नदी किनारामा कपडा भेटिएको थियो ।

सोही कपडाको आधारमा खोजी गर्दा कपडा भेटिएको ठाउँभन्दा करिब ३० फुट तल नदी किनारामा राति १०:५० बजेको समयमा शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुवै जनाको सव पोष्टमार्टमका लागि राती नै धनगढी स्थित सेती अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।


१९ भदौ २०७८, शनिवार ०९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु