punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय अभिनेता अमिताभ बच्चन नेपाल आउँदै, डेढ महिना समय बिताउने

Chaupati
safha napa

भारतीय अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । उनी नेपालमा फिल्म छायांकन गर्न नेपाल आउने भएका हुन् ।

भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् ।

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

नेपालमा बेलाबेला हलिउड(बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ । पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो ।

त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियो । भारतीय मिडियाको सहयोगमा


१८ भदौ २०७८, शुक्रवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु