बझाङका ३ पसलमा चोरी

बझाङमा एकै दिन तिन पसलमा चोरी भएको छ । मङ्गलवार राती सदरमुकाम चैनपुरको सुर्मादेवी मन्दीर अगाडी रहेका दुई पसल र मेन चौराहामा रहेको एक गरी तिन पसलमा चोरी भएको हो ।

पसल सञ्चालकहरूका अनुसार बिहान पसल खोलेर हेर्दा चोरहरूले पसलमा लगाएको ताला फोडेर कस्मेटिक सामान, लत्ताकपडा लगायतका सामान चोरी गरेका हुन ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने पसलमा चोरी भएको भन्ने खबर आफूलाई जानकारी भएको र चोरहरूलाई जसरी पनि पक्राउ गर्ने बताए ।

पछिल्लो समय सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्दै गएका छन् । चोरीका घटना बढ्दै गए पनि प्रहरी प्रशासन मौन बसेको भन्दै स्थानीयहरू आक्रोशित वनेका छन् ।


१६ भदौ २०७८, बुधवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु