punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलियो

Chaupati
safha napa

मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको छ। नेकपा (एमाले)छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्न प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अवधि सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

मंगलबारदेखि भदौ २२ सम्मको अवधि दल रोज्न दिइएको छ। दल रोज्न निर्वाचन आयोगले उपलब्ध गराएको समय सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार एक साताका लागि पर सार्ने विषयमा मंगलबार सत्तारुढ दलको बैठकमा छलफल गराएका थिए।

देउवाले शीर्ष नेताको बैठकमा राखेको विषयलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्ष नेताको बैठकमा सुनाएका हुन्। पौडेल पक्षबाट सभापतिमा एकल उम्मेदवारी दिने विषयमा छलफल गर्न उक्त समूहको बैठक बसेको थियो।

उक्त पक्षका शीर्ष नेताको बैठकमा सहभागी बलबहादुर केसीले भने, ‘प्रदेश र स्थानीय तहमा जितेकालाई दल रोज्न एक साताको समय छ। त्यतिबेलासम्म मन्त्रिमण्डल विस्तारलाई कुर्ने कुरा भएको छ।’पौडेलनिवास बोहराटारमा उनी पक्षीय नेताहरुको बैठक बसेको थियो।


१५ भदौ २०७८, मंगलवार १८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु