punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एकीकृत समाजबादी रोज्ने सांसद सनाखतका लागि निर्वाचन कार्यालय पुगे

Chaupati
safha napa

सुदूरपश्चिममा नेकपा एकीकृत समाजबादी रोज्ने नेकपाका एकालेको सांसद धनगढीस्थित निर्वाचन कार्यालयमा पुगेका छन् ।

निर्वाचन आयोगले सनाखतका लागि भदौ २२ गतेसम्मको समय दिएपनि सुदूरपश्चिममा भने नयाँ दल रोजेका एमाले सांसदहरुले आजै सनाखत गर्न लागेको हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहित भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, पूर्व प्रमुख सचेतक तारालामा तामाङ, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउँदले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने घोषणा यसअघिनै गरिसकेका छन् ।

यस्तै एमाले प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गर्ने संकेत गरेका छन्।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्।

सुदूरपश्चिममा नेकपा एमालका सभामुखबाहेक २४ जना सांसद छन् । जसमा विगतमा १७ जना सांसद माधव पक्ष र सात जना सांसद ओली पक्षमा खुलेका थिए । अब पार्टी विभाजनपछि त्यो अंकगणित फेरबदल हुने भएको छ ।


१५ भदौ २०७८, मंगलवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु