punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आजदेखि विद्यालय खुले, स्मार्ट लकडाउन कायमै

Chaupati
safha napa

बझाङमा कोरोनाका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आजदेखि नियमित पठन पाठन सुरू हुने भएको छ ।ल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार सदरमुकाम चैनपुरमा बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

बझाङमा अहिले कोभिड १९ को संक्रमणदर घटेको छ । पछिल्ला केही दिनयता सक्रमितको संख्या शून्य भएको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि सोमबार बसेको बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारीले बताए ।

यस्तै जिल्लामा कोभिड १९ को संक्रमण दर घट्दै गएको भए पनि लकडाउनलाई भने निरन्तरता दिने निर्णय भएको छ । संक्रमण कायमै रहेका छिमेकी जिल्लाहरूबाट आवतजावत भैरहेकोले स्मार्ट लकडाउन भदौ ३० सम्म लम्ब्याउने निर्णय भएको हो ।

भदौ ३० गतेसम्म जिल्लाका १२ स्थानीय तहमध्ये साईपाल गाँउपालिकाबाहेक सबैमा स्मार्ट लकडाउन हुने भएको हो ।


१५ भदौ २०७८, मंगलवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु