punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनेरास्ववियुका नेता रावत काँग्रेसमा प्रवेश

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को भातृ संगठन अनेरास्ववियुका युवा नेता तथा खप्तड छेडेदह गाउँपालिका–७ का वडा कमिटि सदस्य गोविन्द्र रावत आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र९ख०को बैठकमा उनी काँग्रेस प्रवेश गरेका हुन् । रावतलाई तत्कालिन संविधान सभाका सदस्य देवराज जोशी र महा नेपालीले अविर र खादा हालेर पार्टीमा प्रवेश गराएका हुन् ।

लामो समयदेखि एमालेको भातृ संगठनमा सक्रिय पुर्वक भूमिका निर्वाह गर्दै आएका रावत काँग्रेसमा प्रवेश गरेको तरुण दल बाजुराका अध्यक्ष कुम्भनाथ योगीले बताएका छन् ।नेकपा एमालेको तीन वर्षे सरकारको काम कर्तव्य प्रति असन्तुटी र पाटी अध्यक्ष केपी ओलीको कार्य शैलि निरंकुशतावादमा भएकाले उक्त कुरा चित्त नबुझेकाले नेपाली काँग्रेसमा प्रवेश गरेको नतवप्रवेशी रावतले बताएका छन् ।

उनले एमाले भित्र हुने हरेक गतिविधी,ज्याजती व्यथिती र अहिले नेकपा पाटीले गर्दै आएका कार्यशैली तथा ओलीको घमण्ड अहंकार देखाउदै पार्टीलाई समेत विभाजित गरेको प्रति असहमती भएकाले काँग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।एमालेको गाउँ,जिल्ला, प्रदेश र संघमा नेतृत्वका नेताहरुले अवसर आएमा नातागोता र आफन्त र आफु निकटलाई दिने गरेको रावतको भनाई रहेको छ ।

एमालेले जनताका समस्या भन्दा नेताहरुले आफु निकटका कार्यकर्तालाई पक्षपोषण गर्दै लैजाने र जनताका समस्या बेवास्ता गर्दै आएकाले सो कुरा मन नपरेपछि पाटी प्रवेश गरेको रावतले भने । नवप्रवेशी गोविन्द्र रावतले आज देखी नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएर पार्टीको विधी विान र नियममा रही प्रतिवद्ध भएर जाने प्रतिवद्धता गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशन नजिकिदै रहेको बेला एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । कांग्रेमा प्रवेश गर्नेको ओइरो लागेपछि नेकपा एमालेमा भने ठुलो क्षेती पुग्ने भएको छ ।


१३ भदौ २०७८, आइतवार १९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु