punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपिएल यु–१९ क्रिकेट प्रतियोगिता माघको अन्तिम सातादेखि

Chaupati
safha napa

लिटल फ्लावर प्रिमियर लिग(लपिएल) विद्यालय स्तरिय यु–१९ क्रिकेट प्रतियोगिताको छैटो संस्करण माघ अन्तिमसाता देखि हुने भएको छ । आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले धनगढीमा आइतबार पत्रकर सम्मेलनको आयोजन गर्दै माघ अन्तिमसाता देखि प्रतियोगिता हुने जानकारी दिएको हो ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने– ‘यस पटकको लागि तयारी शुरू भइसकेको छ ।’ लिग कम नक आउटमा खेलाइने जनाइएको छ ।

प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् । देशभरका करिब १० विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।

उत्कृष्ट खेलाडीलाई भने २० हजार पुरस्कार रहेको छ भने उत्कृष्ट बलरलाई १० हजार,उत्कृष्ट व्याट्स म्यानलाई १० हजार,र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाइको छ । प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रयोजन गरेको जनाएको छ ।

यस्तै प्रतियोगिताको एजुकेशन पार्टनरमा कैलालीको गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की रहेको छ । यस्तै यस्तै केक पार्टनरको रुपमा आगन केक्स धनगढी रहेको छ ।


१३ भदौ २०७८, आइतवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु