punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा कोरोना संक्रमणका कारण एकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १० का ४७ बर्षीय पुरुषको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै जिल्लामा शुक्रबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिकाका ३ जना,दोधारा चाँदनी नगरपालिकाका ६ जना र बेलकोट ,कृष्णपुर नगरपालिका ,लालभलाडी गाँउपालिकाका १ १ जना र पुर्नवास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा अहिले ६ जना कोरोना आइसोलेनमा छन भने हामेआइसोलेनमा ११५ जना रहेका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।


११ भदौ २०७८, शुक्रवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु