punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाईको हत्या गरेको अभियोगमा एकजना पक्राउ

Chaupati
safha napa

बझाङमा गौवध गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौवध गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका ६ राजकोट बस्ने २८ वर्षीय जनक आग्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने बल बहादुर सार्कीको गोठबाट गाई लगि सोही गाउँपालिका ५ स्थित छात्रबास फलामे पुलमा लगि काठको चिर्पटले हिर्काई गौवध गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट पाटादेवल बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


११ भदौ २०७८, शुक्रवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु