पूर्वीचौकी गाउँपालिकाका चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण

डोटीको पूर्वीचौकी गाउँपालिका२ बगलेकका नागरिकले खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले त्यस वडामा हरेका चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि यहाँका नागरिकले धुवाँबाट मुक्ति पाएका हुन् ।

यस संस्थाको ८५ लाख रुपैयाँको सहयोगमा वडाका सबै नागरिकका घरमा धुवाँरहित चुलो वितरण गरिएको हो ।धुवाँरहित चुलोले मानव शरीरमा लाग्ने फोक्सोको रोग, बाल–बच्चालाई लाग्ने निमोनिया, आखाँमा हुने विभिन्न किसिमका रोगबाट जोगिन मद्दत गर्छ ।

समयको बचत, दाउरा पनि कम खपत हुने हुँदा कामको बोझमा कमी ल्याउने उद्देश्यले चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए । धुवाँरहित चुलो पाएपछि वडाका नागरिक खुसी भएका छन् ।पालिकाका सबै वडामा धुवाँरहित चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।


११ भदौ २०७८, शुक्रवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु