punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक घरमा आगलागी

Chaupati
safha napa

कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका ३ बुटकौवाका लालबहादुर चौधरीको घरमा बिहीबार राति ९ बजेतिर आगलागी भएको सो वडाका वडा सदस्य टङ्क ओलीले बताए।

आगलागीबाट अन्न, लुगाकपडा आदि सबै जलेर नष्ट भएको र मानवीय क्षती भने नभएको उनले बताए। विधुत सर्ट भएर आगलागी भएको बताइएको छ।

राति वर्षा भइरहेकाले आगलागी नियन्त्रणमा सहज भएको उनले बताए। आगलागीबारे प्रहरीलाई खबर गरिएको तर स्थानीय नदीमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न नसकेको बताइएको छ।


११ भदौ २०७८, शुक्रवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु