punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किन आउँछ नकरात्मक सोच ?

Chaupati
safha napa

पछिल्लो समय नेपालमा नकरात्मक सोचले जरा गाड्दै गइरहेको छ । राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको छ । यस्ता असन्तुष्टिले जीवनमा उदासीपन एवं निराशा उत्पन्न हुन्छ र विस्तारै नकारात्मक सोचको विकास हुन्छ।

नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन्। नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ।

नकरात्मक सोच आउँनुको कारण

मानसिक विकास हुने क्रममा बच्चाको मनमा नकारात्मक सोचमात्र परेको छ भने त्यो मानिसलाई जीवनभरि नै नकारात्मक सोचले दुःख दिन्छ।

– बच्चा हुर्काउने बेलामा यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन भनेर रोकतोक गर्दा पनि बच्चामा नकारात्मक सोचको विकास हुन्छ।

– बाबुआमामा नकारात्मक सोचाइ छ भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।

– शारीरीक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबढीले नकारात्मक सोच आउने गर्छ।

नकारात्मक सोच हटाउने उपायहरु

– नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्ने ।

-नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ। बच्चा बोल्न सक्दैन भने उसलाई बोल्न प्रेरित गर्नुपर्छ। बच्चा चकचक गर्यो भनेर तर्साउन नकारात्मक कुरा भनेर डर, त्रास देखाउनु हुँदैन।

-बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान गर्ने, शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने ।

-जे कुरामा डर लाग्छ, त्यो कुरालाई सामना गर्नुपर्छ, त्यसो गर्दा पनि नकारात्मक सोच विस्तारै हट्दै जान्छ।

-आफूलाई जुन कुराले चिन्तित बनाएको छ, त्यो कुरा साथीभाइसँग भन्नाले मन हलुका हुन्छ र विस्तारै नकारात्मक सोच हट्दै जान्छ।


१० भदौ २०७८, बिहीवार १९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु